Aamsanchar

ओमान गएको राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

Author Image
मङ्गलवार, असोज ५, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृङ्खलाका चार खेलमध्ये नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले चौथो खेलमा ओमानलाई सात विकेटले र पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । नेपाल लिग–२ को चौथो स्थानमा छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेलेको थियो । नेपालले श्रृङ्खला २–० ले जितेको थियो ।

नेपाली टोलीसँगै गएका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका कारण फर्किएनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)