Aamsanchar

अर्जुनधाराको स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक

Author Image
बुधवार, असोज ६, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज शनिश्चरे स्थित पितृ स्मृति भवनमा आयोजित एक कार्यक्रकका बिच उपप्रमुख कमला खतिवडाले अनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट  गरेको अर्जुनधारा राजपत्रलाई पढेर सर्वजनिक गरेकी थिईन् ।

नुमानित बजेटमध्ये नेपाल सरकारबाट ४७ करोड ७१ लाख रुपैयाँ, प्रदेश सरकारबाट तीन करोड ५७ लाख २५ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट १८ करोड ७४ लाख २८ हजार दुई सय ३० रुपैयाँ र आन्तरिक आयाबाट पाँच करोड ५० लाख रुपैयाँ विनियोजन हुने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा विगत ४ बर्षमा नगरपालिकाले गरेको समग्र विकासको लक्ष्य, उदेश्य अनुरुपका केही महत्वपुर्ण कार्यहरुको चर्चा गरिएको थियो ।

विकासको प्रसंगमा गत ३ बर्षको अवधीमा ९.७ किलो मिटर सडक कालोपत्रे, १८५ किलो मिटर ग्राभल सडक, १० किलो मिटर नयाँ सडको ट्रयाक खोलिएको, १०५ वटा मोटरेवल पुल निर्माण, ४ वटा झोलुङे पुल निर्माण, १ वटा पार्क निर्माण, खानेपानी तथा ढल निर्माण तर्फ ११ हजार जना लाभान्वित, ५ किलो मिटर ढल निमार्ण, नदी नियन्त्रण ५.३ किलो मिटर, सामाजिक सिंचाई २१७.७५ हेक्टर, विद्युत विस्तार ३९.४ किलो मिटर, डम्पिङ साईज्ञ १ वटा, नयाँ विद्यालय भवन सम्पन्न १२ वटा, नयाँ कक्षा कोठा निर्माण २० वटा, स्वास्थ्य चौकी निर्माण ४ वटा, सामुदायिक भवन १३ वटा, जनता आवास कार्यक्रम १५ वटा, विपन्न आवास कार्यक्रम अन्तरगत २५ वटा घर निर्माण सम्मन भएकोे नगर प्रमुख हरिकुमार रानाले बताए ।

चालु आर्थिक बर्ष जेठ मसान्त सम्म पूर्वाधार निर्माण तर्फ कालोपत्रे सडक मर्मत ११ किलो मिटर, सडक ग्राभल २३ किलो मिटर, पुल, कल्र्भट ११ वटा, ह्मपाईप जडान १ सय १३ थान, विद्यालय भवन तथा आवास वडा कार्यलय समेतगरी ४० वटा, विद्युत विस्तारमा ७८ थान पोल, प्लम १५७ मिटर, तटबन्धन २ स्पर, नाला २५० मिटर, खानेपानी पाईपलाईन २.७ किलो मिटर सम्पन्न भएको नगर प्रमुख रानाले जानकारी गराएका थिए ।

यस आर्थिक बर्षमा संचालित नगर सभाबाट स्वीकृत योजनाहरुको हकमा जम्मा योजना २७७ मध्ये नगर स्तरिय योजना ६५, दायित्व १२९ योजना स्वीकृत भएकोमा ८६ वटा योजनाहरु सम्पन्न भएको र बाँकी योजनाहरु सम्पन्न हुन अन्तिम चरणमा रहेको रानाले बताए ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम बमोजिम ११ वटै वडामा कालोपत्रे मर्मत, ११ किलो मिटर मध्ये ६ किलो मिटर निर्माण भएको त्यसैगरी नयाँ कालोपत्रे ६.६ किलो मिटर मध्ये वडा नम्बर १,२,३,४,५ सम्म २.६ किलो मिटर सम्पन्न भएको राजपत्रमा उल्लेख गरिएको छ ।

११ वटै वडामा करिव ५५ किलो मिटर ग्राभल गर्ने कार्य सम्पन्न हुने चरणमा रहेको र त्यसैगरी बिद्यालय भवन १२ शैक्षिक गुणस्ततर सुधरका योजनाहरु पनि सम्पन्न हुने चरणमा रहेको उल्लेख गरिएको छ । २ नं. वडा कार्यालयको कार्यालय भवन निर्माण सम्पन्न भएको र बाँकी भवनहरु द्रुत गतिमा निर्माणको क्रममा रहेको र उक्त योजनाहरु आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको नगरका कार्यकारी प्रमुख अम्बिकाप्रसाद चौलागाईले बताए ।

कार्यक्रममा पत्रकारको तर्फबाट अर्जुनधारा प्रेसक्लवका अध्यक्ष कुमार भट्टराई, राजनीति दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्र नगर अध्यक्ष अम्बिका भट्टराई, जेष्ट नागरिकको तर्फबाट रामप्रसाद भट्टराईले मन्तव्य राखेका थिए । मन्तव्य राख्ने वक्ताहरुले नगरपालिकाले योजना कार्यक्रमको सम्झौता विगतको बर्षमा ढिलो गर्ने हुदाँ बजेट फ्रिज र समयमा योजना सम्पन्न हुने समस्या थियो यस बर्ष समयमै सम्झौता गर्न थालेकोले यसबर्ष लक्ष अनुसारको काम हुनेमा आशावादी रहेको धारणा राखेका थिए ।
कार्यक्रममको सञ्चालन कर्मचारी सौजन कटुवालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर