Aamsanchar

आईपीएलमा आज मुम्बई र कोलकाता

Author Image
बिहिवार, असोज ७, २०७८

काठमाण्डौ-इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स  खेल्दै छन् । खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा जित र चारमा हार बेहोेरेको छ ।

छैटौँ स्थानमा रहेको कोलकाताले भने ८ खेलमा तीनमा मात्रै जित हात परेको छ । यसअघि गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको थियो । दिल्ली १४ अङ्कका साथ शीर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)