Aamsanchar

पूर्व र दक्षिण दिशा शिर बनाएर सुत्नुको धार्मिक र वैज्ञानिक कारण यस्तो

Author Image
बिहिवार, असोज ७, २०७८

शास्त्रमा भनिएको छ:

प्राक्शिरे शयने विद्या हानिमृत्युतथोत्तरे ।
पश्चिमे प्रबले चिन्ता धनआयुश्च दक्षिणे ।।

अर्थात् पूर्वपट्टी टाउको पारेर सुत्दा विद्या बढ्छ, उत्तरपट्टी गरियो भने हानि वा मृत्यु झेल्नुपर्छ । पश्चिम सिरान गरियो भने चिन्ताले छोड्दैन र दक्षिणतर्फ सिरान गरियो भने धन तथा आयु वृद्धि हुन्छ ।

सुत्दा सदैव पूर्व वा दक्षिण सिरान गर्नुपर्छ ।

वैज्ञानिक हिसाबले हेर्दा पनि यो ठीकै देखिन्छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा चुम्बकीय प्रवाह हुन्छ । उत्तरी ध्रुवमा धनात्मक (+) तथा दक्षिणी ध्रुवमा ऋणात्मक (-) प्रवाह हुन्छ । त्यसैगरी मानिसको शिरमा धनात्मक तथा गोडामा ऋणात्मक प्रवाह हुन्छ । विज्ञानका अनुसार समान ध्रुवबीच विकर्षण हुन्छ अर्थात् यिनीहरू एकअर्काबाट उछिट्टनि खोज्छन् । तसर्थ दक्षिणतर्फ गोडा पारेर सुतियो भने स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

त्यसैगरी सम्पूर्ण जीवन पश्चिमाभिमुखी हुन्छन्, पश्चिमतर्फ बगिरहेका हुन्छन् । सूर्य पनि पूर्वबाट उदाएर पश्चिममा अस्ताउँछ । ऊर्जाको यो धारभन्दा विपरीत प्रवाहमा सुत्नु अर्थात् प्रकृतिको विरुद्ध हुनेगरी पूर्वतर्फ गोडा फर्काएर सुत्नु राम्रो मानिँदैन । अर्को कुरा, यसरी सुत्दा सूर्यको अपमान हुन्छ । ज्योतिष शास्त्रअनुसार सूर्यतर्फ शिर फर्काएर सुत्दा मानसिक एवं शारीरिक स्वास्थ्य राम्रो बन्दछ । यसकारण सदैव दक्षिण वा पूर्वतर्फ सिरान गरेर सुत्नु राम्रो हुन्छ ।

गोडालाई ढोकातर्फ फर्काएर पनि सुत्नु हुँदैन । यसो गर्दा स्वास्थ्य तथा समृद्धिको नोक्सान हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर