Aamsanchar

नापोलीको लगातार पाँचौं जित

Author Image
शुक्रवार, असोज ८, २०७८

काठमाण्डाै – इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो । नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । फाबियन र पिओटर जिलिनिस्कीले एक/एक गोल गरे ।

खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जितसँगै नापोलीले ५ खेलमा १५ अङ्क जोडेको छ । साम्पडोरिया ५ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)