Aamsanchar

आज पञ्चमी श्राद्ध

Author Image
शनिवार, असोज ९, २०७८

सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । कोभिड–१९ संक्रमणसँगैका जोखिमका कारण पछिल्ला दुई वर्षयता असाध्यै जोखिमपूर्ण बनाएको व्रत, तीर्थ, श्राद्ध, मेला लगायत कर्म यो वर्षबाट अलिक खुकुला हुँदैछन् । सोह्र श्राद्ध सकिएपछि बडा दसैँको माहौल शुरु हुन्छ नै ।

सोह्र साद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरुपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएका पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरुपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरुप हौँ, हैन र रु

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता छ ।

सामान्यतया वैदिक सनातन संस्करमा पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहवसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठबास होस् ।

पञ्चमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर