Aamsanchar

झापाको कोरोना अपडेट

Author Image
आइतवार, असोज १०, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा १९५ जनाको परिक्षण गर्दा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
१३५ जनाको पिसिआर परिक्षण गर्दा ५४ जना र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ ।

झापामा कोरोनाका कुल संक्रमितको संख्या ३० हजार ५८८ जना पुगेको छ भने २३ हजार १२ जना निको हुँदा १ हजार ६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सहित झापामा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०८ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर