Aamsanchar

यस्ता खानेकुरा तामाको भाडाँमा राखेर खानु हुदैन

Author Image
मङ्गलवार, असोज १२, २०७८

सामान्यतयाः हरेक नेपालीको भान्सामा कुनै न कुनै रुपमा तामाको भाँडा प्रयोग भएको पाइन्छ । तर, तामको भाँडामा सबै खानेकुरा राख्न हुँदैन भन्ने कुराचाहीं धेरैलाई थाहा नहुन सक्छ ।

यहाँ हामी केही खानेकुराको नाम उल्लेख गर्दै छौं । जुन कुरा तपाईं भुलेर पनि तामाको भाँडामा नराख्नुस् । यति राख्नुभयो भने तामामा हुने केमिकलको रियाक्सन तपाईंको शरिरका लागि घातक बन्न सक्छ ।

दही : दही पनि तामाको भाँडामा राख्नु हुदैन । दहीमा भएको विशेष तत्व पनि तामासँग मिलेपटि त्यसको असरले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

दुध : दुधलाई पनि तामाको भाँडामा राख्दै नराख्नुस् । किनकी तामाको भाँडामा राखेको दुधको सेवनले पनि स्वास्थ्यमा असर पु¥याउँछ ।

अचार:  यदि तामाको भाँडामा अचार राख्नु भयो भने त्यो अचार सेवन गर्नु हानिकारक मानिन्छ । किनकी अचारमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ ।

कागतीको रस: तपाईंले तामाको भाँडामा कागतीको रस राख्नु भयो भने त्यसमो भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । अनि त्यसको सेवन गर्दा एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ ।

अमिलो फल : कुनैपनि अमिले हुने फल छ भने पनि त्यसलाई तामाको भाँडामा नराख्नुस् । किनकी तामाको भाँडामा राखेको अमिलो फलको सेवन बाट स्वास्थ्यमा फुड पोइजनिङको खतरा बढ्ने गर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर