Aamsanchar

ईपीएलमा चितवनको दोस्रो जित

Author Image
बिहिवार, असोज १४, २०७८

काठमाडौं – कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा चितवन टाइसर्गले एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा चितवनले काठमाडौं किंग्स–११ लाई ३ विकेटले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि राजेश पुलामीले सार्वाधिक २६ रनको योगदान गरे । कमलसिंह ऐरीले २३ रन बनाए । १५ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे । चितवनका लागि दिलीप नाथले २३ रन तथा मोहम्मद साजेदले २१ रनको योगदान गरे ।

बलिङतर्फ जितेन्द्र मुखिया र रियन बुरीले समान दुईरदुई विकेट लिए । जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले एकरएक विकेट झारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

काठमाडौंका लागि सौरव खनालले सर्वाधिक ३५ रनको योगदान गरे । ३४ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । राजु रिजालले २८ रन बनाउँदा जनक प्रकाशले २६ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए । करिम जन्नतले दुई विकेट लिँदा कमल ऐरी र सेकुगे प्रशन्नले एकरएक विकेट लिए ।

जितसँगै चितवन दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित काठमाडौं २ खेलबाट २ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर