Aamsanchar
Adv top
Adv below_nav

साँचो प्रेमको अर्थ के हो ?


आज, जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, ‘यो सधैँको लागि हो’। तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ, ‘हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?’ किनकि, तपाईंले आफूलाई जे मन पर्छ र जे मन पर्दैन, त्यसकै आधारमा सम्बन्ध बनाउनुभएको छ । यस प्रकारको सम्बन्धमा, तपाईंले केवल कष्ट भोग्नुहुनेछ किनकि जब सम्बन्ध अस्थिर हुन्छ- जब खटपट हुन्छ- तपाईंमा असाध्यै पीडा हुनेछ, जुन पूर्णतया अनावश्यक छ ।

यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने, तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन: प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।’ भलै, पीडाको बारेमा थुप्रै कविताहरू लेखिएको भएपनि, प्रेम दुस्ख सृजना गर्नको लागि होइन । तपाईं प्रेममा हुन चाहनुहुन्छ, किनकि यसले तपाईंलाई आनन्द दिन्छ । प्रेम लक्ष्य होइनस आनन्द लक्ष्य हो । अनेकौँ पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेको हुन्छ, किनकि जब उनीहरूले आफू प्रेममा छु भनेर सोचेका थिए, उनीहरूमा अलिकति आनन्द थियो । प्रेम, आनन्द प्राप्त गर्ने साधन हो । यतिखेर, अधिकांश मानिसहरूले यही एउटा तरिकाले आनन्दित हुन जानेका छन् ।

तर, तपाईं आफ्नै प्रकृतिले आनन्दित हुन सक्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुभयो भने, मायालु र स्नेही हुनु समस्या होइनस तपाईं यसैपनि मायालु बन्नुहुनेछ । जब तपाईं प्रेम मार्फत आनन्द खोज्नुहुन्छ, तबमात्र तपाईं को–कसलाई माया गर्ने भनेर बढी रोज्न थाल्नुहुन्छ । तर, जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंले जे देखेपनि त्यसलाई प्रेमको भावले हेर्न सक्नुहुन्छ, किनकि त्यहाँ अल्झिने डर हुँदैन । जब अल्झिने डर हुँदैन, तबमात्र तपाईंले जीवनसँग पूरै संलग्न रहनु भनेको के हो भनेर जान्नुहुनेछ ।

प्रेमले भरिपूर्ण बन्नको लागि सरल प्रक्रिया
हरेक दिन १५-२० मिनेटको लागि त्यस्तो चीजसँग बस्नुहोस्, जसले तपाईंको लागि कुनै अर्थ राख्दैन— सायद रूख वा ढुङ्गा वा गँड्यौला वा कीरा । केही समयपछि तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंले आफ्नो पति वा पत्नि वा आमा वा बच्चालाई जति प्रेम गर्नुहुन्छ, त्यत्ति नै प्रेमको भावले त्यो चीजलाई हेर्न सक्नुहुन्छ । सायद गँड्यौलालाई यो थाहा नहुन सक्छ, तर त्यसले केही फरक पर्दैन । यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने, तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइनस प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।’

सद्गुरले अंग्रेजी भाषामा दिएको प्रवचनको नेपालीमा अनुवाद ।



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer