Aamsanchar

ललितपुर प्याट्रियट्सद्वारा विराटनगर वारियर्स ३७ रनले पराजित

Author Image
शुक्रवार, असोज १५, २०७८

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो । ललितपुरले दिएको दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८९ रन बनायो । विराटनगरका लागि दिलशन मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन बनाए । ललितपुरका अजमतुल्लाह ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २६ रन बनायो । यो ईपीएलमा अहिलेसम्मकै ठूलो योगफल हो । ललितपुरका लागि सन्दुन वीराकोदीले ७३ र अजमतुल्लाह ओमरजाईले अविजित ५८ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३२ र योगेन्द्र सिंह कार्कीले २७ रनको योगदान गरे ।

विराटनगरका करण केसीले दुई विकेट लिँदा सिकन्दर राजा, प्रतिस जीसी र दिलशन मुनवीराले समान एक–एक विकेट लिए । यो जितसँगै ललितपुर तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने विराटनगर वारियर्स अझै जितविहीन छ । आजकै अर्काे खेलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर