Aamsanchar

बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई नेतृत्व तालिम

Author Image
शुक्रवार, असोज १५, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम बिर्तामोडमा सुरु भएको छ ।

देशमा महिला जनप्रतिनिधिहरुका लागि नेतृत्वको र क्षमता विकासको क्षेत्रमा काम गर्दै आइरहेको संघ दलित महिला केन्द्र नेपालको आयोजनामा प्रारम्भिक प्रशिक्षण मोडल दुई अन्तर्गत बिहिवारदेखि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिका लागि ४ दिने प्रशिक्षण सुरु भएको आयोजक महिला केन्द्रकी झापा जिल्ला संयोजक संम्झना पोखरेलले बताउँनुभयो ।

बिहिवारबाट बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रमको बिर्तामोड नगरपालिका वार्डनम्बर ५ का वडाअध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उदघाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै लिङदेनले महिला भएर भन्दा पनि नेतृत्वदायी व्याक्तित्व भएर सबैको नेतृत्व गर्न महिला जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । तालिमबाट सिकेका ज्ञानशीप सबैमा वाढनसमेत आग्रह लिङदेनले गर्नुभयो ।

उदघाटनमा बिर्तामोड नगरपालिका कार्यक्रम अधिकृत जय तिम्सिना,नगरपालिकाकी महिला साखा अधिकृत पुष्पा कार्की लगायातले तालिम सफलताको शुभकामना दिनुभएको थियो ।

तालिमको सहजीकरण सोमनाथ ढकाल र नविना सापकोटाले गर्दैहुनुहुन्छ । तालिममा महिला जनप्रतिनिधिहरुलाई सक्रिय सुनाई, तथ्याङ्ग अधवाधिक तथा व्यावस्थापन, वैठकको योजना र व्यावस्थापन, सञ्जालीकरण, बार्ता, स्थानीय सरकारको योजना कार्यान्वयन र अनुगमन प्रक्रिया, सरोकारवालाहरुसग सहकार्य लगायातका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । स्वीजरल्याण्ड सरकार र अष्ट्रेलियान सरकारको आर्थिक सहयोगमा भइरहेको तालिमको प्राविधिक सहयोग आइएफइएसले गरिरहेको छ ।

तालिममा बिर्तामोड नगरपालिकाका २० जना महिला जनप्रतिनिधिको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर