Aamsanchar

जलथल बनमा उल्टा काँडा नियन्त्रण कार्यको सुरुवात

Author Image
शनिवार, असोज १६, २०७८

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा रहेको जलथल वनमा नयाँ मिचाहा प्रजाति देखा परेको छ । दुई बर्ष अगाडी सम्म बन क्षेत्रमा नदेखिएको उल्टा काँडा झार जलथल वन क्षेत्रका विभिन्न स्थानमा एकै पटक देखिए पछि सरोकारवालाहरु चिन्तित बनेका छन् ।

सब डिभिजन वन कार्यालय जलथलको नेतृत्वमा फरेस्ट एक्सन नेपाल र स्थानीय सामुदायिक वनहरूले नियन्त्रणको लागि पहल सुरु गरेको सव डिभिजन कार्यालयका प्रमुख जीवन पाठकले जानकारी दिए । उनले यो काँडा नियन्त्रणको लागि सबै चनाखो हुनुपर्ने र सामुदायिक वनले निरन्तर प्रयास गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

जलथल वनका विभिन्न पांँच स्थानका ५० भन्दा बढी बिन्दुहरुमा यस बर्ष उल्टा काँडा झार देखिएको छ, लज्जावती र अरेली काँडा जस्तै देखिने मिमोसा डिप्लोट्राइका नाम गरेको यो मिचाहा प्रजाति नेपालको लागि नयाँ हो र दुई दशक अगाडी मात्र नेपाल भित्रिएको अनुमान गरिएको छ । हाल यो प्रजाति झापा र मोरङ जिल्लाका विभिन्न स्थानमा भेटिएको छ । यसको लहरामा घोप्टो परेको काँडा संगै मसिनो झुस हुन्छन , काँडाले कोतर्ने र झुस छालामा बिझाउने हुँदा यसलाई चलाउदा होसियार बन्नु पर्ने फरेस्ट एक्सन नेपालका लिलानाथ शर्माले बताए । शर्माको भनाई अनुसार  ‘यसले गर्दा हाल सम्म १००० जति चौपायाको मृत्यु भएको प्रारम्भिक तथ्यांक प्रस्तुत गर्दै फरेस्ट एक्सन नेपालका लिलानाथ शर्माले सुरुवाती अवस्थामा यसको नियन्त्रण नगरिएमा यो छिटो फैलिने र क्षति पुर्याउने छ । ’

आज बाट नेत्रमार्ग वरिपरी देखिएको उल्टा काँडा झार नियन्त्रण सुरुवात गरिएकागरिएको छ । यो झार वातावारण, कृषि र चौपाया र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएको हुँदा यसको नियन्त्रणमा थप कार्य गरिने जानकारी हरियाली सामुदायिक वन समुहका अध्यक्ष झम्बिर नेम्वाङ बताए ।

काँडा झारलाई   देख्नासाथ  नियन्त्रण गर्न सकिएन भने भविष्यमा यसको नियन्त्रण कठिन हुने हुँदा नियन्त्रणमा स्थानीय समुदाय, वन कार्यालय र स्थानीय सरकारले गम्भीर भएर कार्य गर्नु पर्ने पाथिभरा कालिका समुदायिक बनका अध्यक्ष चिरञ्जिवी पौडेलको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 819

प्रतिक्रिया (०)

सम्बन्धित खबर