Aamsanchar

कथा : रानीको प्रेम कहानी

Author Image
आइतवार, असोज १७, २०७८

भारतको राजस्थानमा एकजना राजासँग यस्तो घटना घटेको थियो । उनकी एउटी जवान पत्नी थिइन्, जो उनलाई असाध्यै माया गर्थिन् अनि उनीप्रति पूर्ण रूपमा समर्पित थिइन् । तर, त्यसबेला राजाहरूका अनेक रखौटीहरू हुन्थे । त्यसैले, जसरी रानी उनमा गहिरोमा रूपमा लिन थिइन्, यो राजालाई मूर्खतापूर्ण लाग्थ्यो । उनी रानीले आफूलाई ध्यान दिएको रुचाउँथे अनि प्रसन्न हुन्थे । यद्यपि, कहिलेकाहीँ यो अलि बढी नै हुने गर्थ्यो । तब राजा उनलाई अलि झकझकाउँथे अनि अरूहरूसँग रमाउँथे । तर, रानी पूर्णतया उनमा समर्पित रहन्थिन् ।

राजा र रानीसँग दुईवटा मैनाहरू थिए । एकदिन एउटा चरो मऱ्यो र अर्को चरो केही नखाई यतिकै बसिरह्यो । राजाले उसलाई केही खुवाउने अनेक प्रयासहरू गरे, तर उसले केही पनि खाएन अनि अर्को दुई दिनमै मऱ्यो ।

यो घटनाले राजालाई भित्रैसम्म छोयो । ‘अरे, यो के भयो ? हरेक जीवनले आफ्नो जीवनलाई बढी महत्त्व दिनु स्वाभाविक कुरा हो । तर, त्यो चरो यत्तिकै बसेर मऱ्यो ।’

जब उनले यो कुरा रानीलाई सुनाए, उनले भनिन्, ‘जब एकले अर्कोलाई साँच्चिकै माया गर्दछ, तब आफ्नो प्राण त्यागेर अर्कोसँगै जानु निकै स्वाभाविक हो— किनकि उनीहरूको लागि अब जीवनले कुनै अर्थ राख्दैन ।’

राजाले ठट्टा गर्दै सोधे, ‘के यो तिम्रो हकमा पनि सत्य हो रु के तिमी मलाई त्यति धेरै माया गर्छ्यौ ?’

रानीले भनिन्, ‘हो, यो मेरो हकमा पनि सत्य हो ।’ यो सुनेर राजा एकदमै प्रसन्न भए ।

एकदिन, राजा आफ्ना साथीहरूसँग शिकार गर्न गए । चराहरू मरेका र आफ्नी पत्नीले यो उनको हकमा पनि सत्य रहेको भन्ने कुराहरू उनको दिमागमा खेलिरहेको थियो । उनी साँच्चिकै जाँच गर्न चाहन्थे । त्यसैले, उनले आफ्नो लुगा खोलेर त्यसमा रगत दले अनि एकजना भारद्वारसँग खबर पठाए, ‘राजालाई बाघले आक्रमण गरेर माऱ्यो ।’ रानीले आँखाबाट आँसु नबाइकन निकै गरिमापूर्ण तरिकाले उनका लुगाहरू लिइन् । उनले चिता बनाउने प्रबन्ध गरिन्, त्यसमाथि कपडा राखिन् अनि चितामा पल्टिएर शरीर छोडिन् ।

मानिसहरूले पत्याउनै सकेनन् । रानी यत्तिकै पल्टिएर आफ्नो प्राण त्यागिन् । अब गर्न सकिने केही पनि थिएन, किनकि उनी मरिसकेकी थिइन्, त्यसैले उनको दाहसंस्कार गरियो । जब यो खबर राजा समक्ष पुग्यो, उनी विक्षिप्त भए । उनी रानीसँग यत्तिकै ठट्टा गर्न मात्र चाहन्थे, तर रानी साँच्चिकै मरिन्— आत्महत्या गरेर होइन, उनी यत्तिकै गइन् ।

यस्ता असङ्ख्य जोडीहरू छन्, जहाँ एकजनाको मृत्यु भयो भने, अर्को व्यक्ति स्वस्थ भए तापनि केही महिना भित्रै प्राण त्याग्छन्, किनकि दुवैका ऊर्जाहरू निश्चित तरिकाले बाँधिएको हुन्छ । यदि तपाईं अर्को व्यक्तिसँग त्यस स्तरमा बाँधिनुभयो भने, दुवै जीवनहरू एक जसरी रहने छन्— यसरी रहनु निकै अद्‌भुत कुरा हो । यो परम सम्भावना होइन, तैपनि यो जीवन बाँच्ने सुन्दर तरिका हो ।  जसद्‌गुरुले अंग्रेजीमा भनेको कथालाई अनुवाद गरिएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर