Aamsanchar

कनकाई वडास्तरीय फुटवलको पाचौं दिनको खेलमा वडा नं.१ विजयी

Author Image
बिहिवार, असोज २१, २०७८

कनकाई । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पाचौं दिनको खेलमा वडा नं.१ विजयी बनेको छ । योसँगै वडा नं.१ सेमी फाइनलमा प्रवेश गरेको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं. ७ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.१ विजयी बनेको हो ।

खेलको ९ मिनटमा विजयी टिम कनकाई १ का खेलाडी विशाल कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । वडा नं.१ कालागि कार्कीले गरेको एक गोल नै निर्णायक बनेको हो । प्रतिस्पर्धात्मक रुपमा अघि बढेको खेलमा थप आक्रामक बनेको वडा नं.७ ले विपक्षीको गोल पोष्ट नजिकै आँपूmले पाएको फ्रि किकलाई समेत गोल किपरले बचाउ गरेपछि अन्तत वडा नं. ७ का धेरै प्रयासहरु विफल बनेका थिए ।

खेलको म्यान अफ द म्याच विजयी टिमका गोल किपर राम तामाङ घोषित भए । तामाङलाई आयोजक कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले म्यानअफद म्याचको पुरस्कार स्वरुप खेलाडीको बुट हस्तान्तरण गरे ।

प्रतियोगिताको दोस्रो चरणमा शुक्रबार कनकाईको वडा नं. २ र वडा नं.३ विचमा प्रतिस्पर्धा हुने खेल संयोजक गोविन्द उप्रेतीले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५-५ हजार नगद प्रदान गरिने खेल संयोजक उप्रेतीले बताए । असोज २५ गते समापन हुने प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटा वडाले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)