Aamsanchar

आज चन्द्रघण्टाको पूजा गरिँदै

Author Image
शनिवार, असोज २३, २०७८

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ ।

कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ ।

गएको वर्ष सुनसान भएको काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने लागेको छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण चन्द्रघण्टा भनिएको मानिन्छ ।

चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री र हिजो दोस्रो दिन ब्रहृमचारिणी देवीको पूजा गरिएको छ ।

चौथो दिन भोलि कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१