Aamsanchar

नेपाली स्पिनर लामिछाने बने आईसीसी प्लेयर अफ दी मन्थ

Author Image
सोमवार, असोज २५, २०७८

काठमाडौं- नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।

सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए । उनले पपुवा न्यूगिनीविरुद्ध ४र३५ र ६र११ तथा ओमानविरुद्ध ४र१८ को उत्कृष्ट बलिङ गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर