Aamsanchar

तुलसीपुरको अश्वारामा नव दुर्गाभगवती मन्दिर उद्घाटन

Author Image
सोमवार, असोज २५, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित हरियाली पार्कमा निर्माण गरिएको नव दुर्गाभगवती मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले गर्नुभएको थियो । प्रमुख अथितिलाई स्थानीयले बाजागाजाले स्वागत गरेका थिए ।

नवदुर्गा भगवती मन्दिर निर्माण समितिका अध्यक्ष झग्गु प्रसाद साहुको अध्यक्षतमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता श्याम डाँगी, तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष वेदबहादुर केसी, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष यमबहादुर विक, शिव मन्दिर तकीयापुर व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी, भगवती मन्दिर व्यवस्थापन समितिका सदस्य देवराज खड्का, एड स्टार क्लबका अध्यक्ष श्रीधर साहु लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन राष्ट्रसेवक कर्मचारी मदन बस्नेतले गनुभएको थियो । तुलसीपुर उपमहानगरपालिका र स्थानीयबासीबाट संकलित रकम सहित १६ लाख लागतमा मन्दिरको निर्माण गरिएको हो ।

सो अवसरमा वडा अध्यक्ष वेदबहादुर केसीले पुरानो कलासंकृति जगेर्ना गर्नका लागि वडा बजेटबाट ५१ हजार रुपैयाँ उपलब्ध गराउने र व्यक्तिगत रुपमा १५ हजार पाँच सय १५ रुपैयाँ दिने घोषणा गर्नुभएको थियो । त्यसैगरी नगर प्रमुख घनश्याम पाण्डेले २५ हजार पाँच सय पाँच, गोरखबहादुर खड्काले २५ हजार पाँच सय १५, पूर्णबहादुर खड्काले १० हजार पाँच सय ५५, ६ हाजर पाँच सय ५५ पार्वती देवी बस्नेत, आशा बस्नेतले ५ हजार एक सय पाँच रुपैयाँ, लिला बस्नेतले पाँच हजार एक सय ५१ रुपैयाँ दिनुभएको थियो । सो अवसरमा लोपउन्मुख अवस्थामा रहेको पैसरी नाँच प्रस्तुत गरिएका् थियो । पैसरी नाचको अगुवाई लाबहादुर विकले गर्नुभएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर