Aamsanchar

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई

Author Image
शनिवार, असोज ३०, २०७८

काठमाण्डाै – चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।  यूएईमा गएराति भएको खेलमा काेलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । 

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।   कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै भेन्कातेस एयरले ५०,  शिवम माभीले २० र लक्की फर्गुसनले १८ रन जोडे । चेन्‍नईका सार्दुल ठाकुरले ३ तथा रविन्द्र जडेजा र जोश हाजलउडले दुई/दुई विकेट लिए  ।

यस्तै, दीपक चाहर र ड्वाने ब्राभोले एक/एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।  चेन्नईका फाप डुु प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३७,  रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन जोडे । कोलकाताका सुनिल नापरनले २ तथा शिवम माभीले एक विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर