Aamsanchar

प्रदेश १ कोरोना अपडेट : २ जना थपिए, १३० जना संक्रमणमुक्त

Author Image
शनिवार, असोज ३०, २०७८


विराटनगर । प्रदेश १ मा आज १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५९ महिला र ७१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनसरी, झापा र इलामका १–१ जना रहेका छन् । कोरोना संक्रमणबाट हालसम्म २ हजार ८८ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७०६ महिला र १ हजार ३८२ पुरुष रहेका छन् ।

प्रदेश १ मा आज २ जनामा कोरोना संक्रमण देखिएको छ । २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरि ६ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर