Aamsanchar

सोलुमा आन्तरिक पर्यटकहरुको चलहपहल बढदै

Author Image
सोमवार, कार्तिक १, २०७८

मनसुन हट्दै गए संगै कोरोना संक्रमण संख्या पनि न्युन हुन थाले पछि देशमा पर्यटकहरुको चलहपल पनि बढन थालेको छ । यती वेला तराई, पहाड र हिमाली क्षेत्रमा हरियाली वतावरण अनि बादल रहितको निलो आकासले पर्यटकहलाई घुमफिर गर्न उत्साहित बनाई रहेको छ । अझ दुईदिन देखि मौसममा आएको परिवर्तको कारण देशभरीनै सितलता छाँएको छ, सितलता संगै आन्तरिक पर्यटकको चलहपहल बढन थालेको हो ।


नेपालको मुख्य पर्यटकिय गन्तव्य स्थल मध्येको प्रदेश १ को सोलुखुम्बुमा पर्यटकहरुको उपस्थिती बढन थालेको छ । पर्यटकको संख्या दैनिक बढदै गएपनि विगतको अनुपातमा जस्तो पर्यटनहरु सोलु पुगेका छैनन् । सो क्षेत्रमा अस्थाई रुपमा भएको प्रतिकुल मौसमको कारणले केही दिन देखि हवाईजहाज चलेको छैन, हेलिकप्टर भने बाक्लै आवतजावत गर्ने गरेको त्याहाँ पुगेका झापाली फोटो पत्रकार शरद जोशीले जानकारी दिएका छन् । उनका अनुसार विदेशीको तुलनामा स्वदेशी पर्यटकहरु सोलु पुग्न थालेका छन् । सोलु सल्लेरी बजार अझै पनि सुनसाननै देखिएको छ ।

विश्वको सर्वोच्च चुचुरा सगरमाथा हिमाल क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध सोलु । अन्य थुप्रै उच्च हिमाली हिमश्रृंखलाहरू पर्दछन् ।

नेपालमा काठमाडौं  उपत्यका, पोखरा, चितवन तथा लुम्बिनी क्षेत्र बिदेशी पर्यटकका आकर्षक गन्तव्य हुन भने पद यात्राको लागी अन्नपूर्ण क्षेत्र, लामटाङ क्षेत्र तथा सगरमाथा क्षेत्रलाई महत्त्वपूर्ण मानिन्छ । त्यसै गरी हिमाल आरोहणको लागी विश्वकै आरोहीहरूको सबै भन्दा आकर्षक गन्तव्य सगरमाथा नै हो ।


हावापानीको वर्गीकरण अनुसार यस जिल्लाको हावापानीलाई २ भागमा विभाजन गरिएको छ। न्यूनतम ९०० मिटरदेखि अग्लिन शुरु भै विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर सम्मको उचाईमा फैलिएको यस जिल्लाको आधाभन्दा वढी ५७ प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा मुख्यतया यस जिल्लाको हावापानी चिसो रहेको छ। यस जिल्लाको दक्षिणी भूभागमा अवस्थित मध्य पहाडी क्षेत्रमा समशितोष्ण हावापानी पाइन्छ। यस जिल्लाको वार्षिक औसत वर्षा सरदर १६६१.१ मिलिमिटर रहेको छ भने वार्षिक अधिकतम तापक्रम सरदर ११.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम सरदर १.८ डिग्री सेल्सियस रहेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर