Aamsanchar

ब्राउन सुगर सहित बिर्तामोडका एक युवा पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

झापा । झापा बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् ।

हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो प्रदेश प्रहरी कार्यालयले जनाएकोछ । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर