Aamsanchar

टी–ट्वान्टी विश्वकप : नामिबिया सुपर–१२ मा प्रवेश, आयरल्यान्ड बाहिरियो

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

काठ्मान्डौ – कप्तान ग्रेहार्ड इरासमुसले उत्कृष्ट प्रदर्शनमा नामिबिया टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेको छ । ४९ बलमा ३ चौका र १ छक्काको सहयोगमा कप्तान इरासमुसले ५३ रनको अर्धशतकीय पारी खेल्दा नामिबियाले आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्यो ।

दुबईस्थित सारझा क्रिकेट स्टेडियममा आयरल्यान्डले दिएको १२६ रनको लक्ष्य नामिबियाले १८ ओभर ३ बलमा २ विकेट गुमाउँदै १२६ रन बनायो ।

नामिबियाका लागि डेभिड विसले २८ रन बनाउँदा जेन ग्रिनले २४ रनको योगदान गरे । बलिङतर्फ आयरल्यान्डका लागि कुर्टिस कास्फरले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

आयरल्यान्डका लागि पाउल स्ट्रलिङले सर्वाधिक ३८ रन बनाए । त्यसतै केभी ओब्राइनले २५ रनको योगदान गरे ।

बलिङतर्फ नामिबियाका लागि जान फ्रालिङ्कले तीन विकेट लिए । त्यस्तै डेभिड विसले दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै समूह ‘ए’मा रहेको नामिबिया ३ खेलबाट ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रह्यो ।

शीर्ष स्थानमा रहेको श्रीलंकाको पनि ४ अंक छ । श्रीलंकाले आफ्नो अन्तिम खेलमा नेरल्यान्डको सामना गर्दैछ । श्रीलंका यसअघि नै सुपर–१२ मा प्रवेश गरिसकेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर