Aamsanchar

बिर्तामोडमा गोल्डकप हुने

Author Image
मङ्गलवार, कार्तिक ९, २०७८

बिर्तामोड । साउदी अरब भेट्रान फुटवल क्लबले झापाको बिर्तामोडमा तेस्रो साउदी अरब गोल्ड कप गर्ने भएको छ ।
क्लवले मंगलबार चारपानेमा पत्रकार भेटघाटमा तेस्रो गोल्ड कप २०७८ कार्तिक २५ देखि मंसीर १ गतेसम्म गर्ने भएको जानकारी दिएको हो ।

क्लवका अध्यक्ष जयकुमार राईले वेलडाँगीको वीर अमरसिंह माविको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिए । उनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सवै उमेर समुहका खेलाडिले प्रतियोगितामा भाग लिन पाउने बताए । प्रतियोगितामा प्र्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले ५१ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र तथा ट्रफि पाउने छन् ।

प्रतियोगिताका सम्पन्न गर्न १० लाख रुपैयाँ अुनमानित खर्च हुने आयोजकले जनाएको छ । क्लबमा अध्यक्ष राईको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा खेलप्रेमी मदनगोपाल सुब्बा, धर्म लक्सम्मा, देबीप्रसाद खरेल, गोबिन्द गिरी, डिल्लीराम सिटौला, किरण पौडेल जनप्रतिनिधि किशोर पौडेल, लगायतको उपस्थिति रहेको थियो ।

स्वागत खेलप्रेमी सूर्य लिम्बुले गरेको कार्यक्रमलाई सञ्चालन खेलप्रेमी रमेशकुमार उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 361

प्रतिक्रिया (०)