Aamsanchar

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा सम्झौता नवीकरण

Author Image
बुधवार, कार्तिक १०, २०७८

 

काठमाडौं –नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षका लागि सम्झौता नवीकरण गरेको बताएका छन् ।  

“एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघका पदाधिकारीसँगको छलफलपछि मैले नेपाली टोलीसँगको सम्झौता तीन वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छु् । त्यसका लागि सहयोग गर्नुहुने कतार फुटबल संघ र सबैलाई धन्यवाद दिन चाहन्छु,” अल्मुताइरीले समर्थकलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आजै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि मुख्य प्रशिक्षक अल्मुताइरी थप दुई वर्षका लागि नेपाल आउने बताएका थिए । यसअघि अल्मुताइरीको सम्झौता २०२२ सेप्टेम्बरसम्म थियो ।

“नयाँ मिसनका लागि शुभकामना छ । छिट्टै अर्को दुई वर्षका लागि हाम्रो लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ । भविष्यको नेपाली फुटबल टोली अझ राम्रो हुने प्रतिवद्धता व्यक्त गर्दछु । तर त्यसका लागि केही समय लाग्छ,” अल्मुताइरीले भनेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)