Aamsanchar

बीएण्डसी अस्पतालद्वारा झापा कारागारका ६९ जना बन्दी महिलाको निशुल्क स्वास्थ्य परिक्षण

Author Image
बुधवार, कार्तिक १०, २०७८

बिर्तामोड । जिल्ला कारागार झापाका ६९ जना महिलाकैदी बन्दीले आज निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

बीएण्डसी अस्पताल बिर्तामोडको सहयोगमा कारागारमा रहेका कैदी बन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क बितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका अधिकांश महिला कैदीबन्दीमा छाला तथा यौन रोगको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकाले बताएका छन् ।

कारागारमा रहेका कैदीबन्दीको अस्पतालका स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. उपशना कोइराला सहित फिजिसियन डा रोशन काफ्ले, चर्करोग विशेषज्ञ डा. निस्तुक वराल, नेत्ररोग विशेषज्ञ कृष्ण रजक ,अर्थोपेडिक सर्जन डा राजीव शाह लगायतले महिला कैदी बन्दीको स्वास्थ्य जाँच गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

कारागारमा कैदीबन्दीको स्वास्थ्य जाँचका लागि एक जना मात्र अहेव हुँदा जिल्ला कारागार झापामा रहेका कैदी बन्दीलाई समस्या हुने गरेको पाइएसंगै बीएण्डसी अस्पतालले कारागारमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क बितरण गरेको थियो ।

विशेष गरी महिला कैदीबन्दीको स्वास्थ्यमा आएपर्ने समस्याका विषयलाई लिएर अस्पतालका कार्याकारी निर्देशक दुर्गा प्रसाई आफैं चिकित्सकको टोली सहित कारागार पुगेका थिए ।
चिकित्सकको टोली सहित कारागार पुगेका प्रसाईले त्यहाँ रहेका कैदी बन्दीलाई स्वास्थ्यमा कुनै समस्या देखिए बीएण्डसी अस्पताल पठाउन आग्रह गरेका थिए । उनले अस्पतालमा आएका महिला कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि उपचार गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै भनेका छन् – कारागारमा रहेका कुनै कैदीबन्दीलाई समस्या भए २०/२० जनाको संख्यामा अस्पताल पठाइदिनुहोस् उपचार गरेर पठाइदिन्छौं ।

अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले सामाजिक उत्तरदायित्व अन्तरगत कारागार भित्र बन्दीजीवन बिताइरहेका महिलाको स्वास्थ्यलाई प्रथमिकतामा राख्दै अस्पतालले स्वास्थ्य जाँच सहित निःशुल्क औषधि बितरण गर्नु आफैंमा उदाहरणीय कार्य भएको बताएका छन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्याकारी निर्देशक समेत रहेका प्रसाईले महिला कैदीबन्दीका लागि एक थान टेलिभिजन, एक थान म्युजिक सिस्टम, एक थान पानी तान्ने मोटर र सरसफाइका लागि फ्यूमिकेटर समेत प्रदान गरेका छन् । सो सामग्री प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईको समेत आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर