Aamsanchar

नेपालले आज ताजिकिस्तानसँग खेल्दै

Author Image
बिहिवार, कार्तिक ११, २०७८

   

काठमाण्डाै – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।  आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ ।

नेपाल  पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)