Aamsanchar

अदभूत गायन कलाको कारण झापाकी कृपाको चर्चा सर्वत्र फैलिदै

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

बिर्तामोड । झापा बिर्तामोड – २ रामचोक निवासी १४ वर्षीया कृपा पौडेल ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा सहभागी छिन् । नेपालकै ठूलो भनिएको अन्तराष्ट्रिय स्तरको गायत रियालिटी – सो मा सहभागीता जनाउँदै उनले लाखौं दर्शकको मन जित्न सफल भएकी छिन् । हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको उक्त रियालीटी सो मा कृषाले गाएक उत्कृष्ट गीतका कारण उनको चर्चा चुलिएको हो ।

विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीबाट उनी टप १५ मा छनौट भएसंगै एकाएक उनको चर्चा चुलिएको थियो । स्वर सम्राट नारायण गोपालको ‘छोरीको जन्म हारेको कर्म ’ बोलको गीत गाएर उत्कृष्ट टप १५ मा प्रवेश गरेकी उनले गायन क्षेत्रमा उचाई लिएकी हुन् ।

१४ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपाले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा पनि सहभागी भएर अब्बल प्रस्तुति दिएसंगै उनी सहभागीहरु माझमा मात्र होइन देश तथा विदेश रहेका नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल भएकी छिन् । निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी कृपाले देश तथा विदेशमा रहेका नेपालीहरुबाट समेत राम्रो समर्थन पाएकी छिन् ।

सुरीलो स्वरकी धनी कृपाको हरेक इपीसोडको प्रस्तुतिमा निर्णायकहरु न्हु बज्राचार्य, इन्दिरा जोशी , कालीप्रसाद बाँस्कोटा र १५ जना ग्राण्ड जुरी मेम्बरहरु धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाई, निशा देशार, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउदको मन जित्न सफल भइरहेकी छिन् ।

स्थानिय मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी मेधावी विद्यार्थीका रुपमा समेत चिनिन्छिन् । कुमार पौडेल तथा आमा अनिता पौडेलकी सुपुत्री कृपा विर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै छन् ।

गायन क्षेत्रमा भविश्य खोज्दै गरेकी कृपाले क्लसिकल म्युजिक मात्र मात्रै होइन अन्य विधाका गीतलाई समेत दुरुस्तै गाउन सक्ने पुष्टि गरिसकेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 707

प्रतिक्रिया (०)