Aamsanchar

ट्वान्टी–२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

Author Image
शनिवार, कार्तिक १३, २०७८

     

 

काठमाडौं – कप्तान बाबर आजमको अर्धशतक तथा असिफ अलीको आक्रामक ब्याटिङ प्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पाकिस्तानमा पाँच विकेट गुमाएर १९ ओभरमा पूरा गरेको थियो ।

जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि लगातार दुई खेल जितेको अफगानिस्तानको यो पहिलो हार हो । जितसँगै ६ अङ्क जोडेको पाकिस्तान सुपर–१२ मा समूह दुईको शीर्ष स्थानमा यथावत छ । अफगानिस्तान पनि दुई अङ्कका साथ दोस्रो स्थानमा कायमै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)