Aamsanchar

‘ए’ डिभिजन लिगको ‘ड्र’ सार्वजनिक

Author Image
शनिवार, कार्तिक १३, २०७८

 

             काठमाडौं –शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स र नव प्रवेशी सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार कात्तिक २९ गते हुने उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटोले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

लिगको पहिलो खेल दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ । खेल फ्लड लाइटमा खेलाइने एन्फाले जनाएको छ । गत वर्षको विजेता मछिन्द्रले पहिलो खेलमा न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै उपविजेता त्रिभुवन आर्मी फुटबल क्बलले अर्को बिभागीय टोली नेपाल पुलिस क्बलसँग प्रतिस्पर्धा गर्नेछ । 

गत सिजन तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङदीले जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ । मनाङ लिगमा सबभन्दा धेरै आठ पटक उपाधि जित्ने क्लब हो । त्यस्तै थ्री स्टारले ललितपुर डर्बीमा च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

१४ फागुन गतेसम्म हुने प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा संचालन हुने लिगका निर्देशक सञ्जिव मिश्रले बताए । लिगमा जम्मा ९१ खेल हुनेछन् । अन्तिम चार चरणका खेल सातामा दुई दिन मात्र खेलाउनेछ । त्यसो गर्दा एक दिन चार खेल र अर्को दिन दिन ३ खेल हुनेछन् । 

यसपटक लिगबाट दुई टोली रेलिगेशनमा पर्नेछन् ।

लिगको विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै लिगमा धेरै गोल गर्नेलाई गोल्डेन बुट, प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल, उत्कृष्ट गोलकिपरले गोल्डेन ग्लोब्स र उदीयमान खेलाडीलाई राइजिङ स्टार अवार्डबाट सम्मानित गरिने एन्फाले जनाएको छ ।

लिगमा साबिक विजेता मछिन्द्र, उपविजेता त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, जावलाखेल युथ, न्युरोड टिम ( एनआरटी), हिमालयन शेर्पा, ब्रीगेड ब्वाइज, फ्रेण्ड्स, एपीएफ, च्यासल युथ, संकटा रसातदोबाटो युथले प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटो यसै सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । 

एन्फाले दोस्रो चरणसम्मको खेल दशरथ रंगशाला र एन्फा मैदानमा खेलाउने छ । त्यस्तै पछिल्ला चरणका खेलहरु च्यासल मैदान र पोखरा रंगशालामा पनि खेलाउने एन्फाले जनाएको छ ।

पहिलो चरणका खेलहरु
कात्तिक २९ गते– फ्रेण्ड्सविरुद्ध सातदोबाटो
कात्तिक ३० गते – हिमालयन शेर्पाविरुद्ध संकटा क्बल
कात्तिक ३० गते – च्यासल युथ क्बलविरुद्ध थ्री स्टार 
मंसिर १ गते – जावलाखेल युथ क्बलविरुद्ध मनाङ मर्याङ्दी
मंसिर १ गते – ब्रिगेड ब्वाइज क्लब (बीबीसी)विरुद्ध एपीएफ
मंसिर २ गते – त्रिभुवन आर्मी फुटबल क्बलविरुद्ध नेपाल पुलिस क्बल
मंसिर २ गते – मछिन्द्र फुटबल क्बलविरुद्ध न्युरोड टिम (एनआरटी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)