Aamsanchar

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

Author Image
शनिवार, कार्तिक १३, २०७८

 

   

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् ।

त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)