Aamsanchar

वीरता लेडी जेसीजको सप्ताह समापनमा ४० जना सदस्य थपिए

Author Image
शनिवार, कार्तिक १३, २०७८

बिर्तामोड । झापाको बिर्तामोड स्थित वीरता लेडी जेसीजमा एकै पटक ४० जना नयाँ सदस्यहरु थपिएका छन् । आज आयोजित जेसीज सप्ताह समापन कार्यक्रममा स्थानिय ४० जना महिलाहरुले जेसीज प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले सफत खुवाएर र प्रमाण पत्र प्रदान गरेर स्वागत गरेकी थिईन् । यस अघी लेडी जेसीजमा ५० जना सदस्यहरु आवद्ध थिए ।

झापामा रहेका जेसीज शाखाहरुमा उत्कृष्ठ ढंगले जेसीज गतिविधी गरेर सक्रिय जेसीजशाखा बन्न सफल वीरता लेडी जेसीजले सप्ताह कार्यक्रमलाई तालिममय बनाएको थियो । नेपालमा रहेका लेडी जेसीज शाखाहरु मध्ये वेबसाईट बनाउने पहिलो शाखा पनि  वीरता लेडी जेसीज बनेको छ ।

गत ६ गतेबाट सुरु भएको सप्ताह अन्तरगत पहिलो कार्यक्रम वेबसाईड सार्वजनिक, त्यैगरी क्रमस प्रत्येक दिन गर्दै पूर्व प्रेरणा र सामान्य घटना व्यवस्थापन पाठ्यक्रम, आफ्नो मस्तिष्क क्षमता बढाउनुहोस्, प्रभावकारी भाषणकला, महिला सशक्तिकरण, संसदिय प्रक्रिया तालिम र नयाँ सदस्य स्वागत कार्यक्रम गरेर सप्ताह समापन गरिएको अध्यक्ष आचार्यले बताईन ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षतामा आयोजित सप्ताह समापन कार्यक्रमा नेपाल जेसीज अध्यक्ष सल्लाहकार, महिला नेतृ रीता न्यौपानेको प्रमुख आथित्यता रहेको थियो ।

जेसीजको मिशन, सकारात्मक परिवर्तन सिर्जना गर्न युवाहरूलाई सशक्त बनाउने विकास अवसरहरू प्रदान गर्न । युवा सक्रिय नागरिकहरूको अग्रणी विश्वव्यापी नेटवर्क हुन भन्ने भिजनका साथ चलायमान रहेको अन्तर्राष्ट्रिय संस्था जेसीजमा लाखौं युवाहरु नेतृत्व, व्यक्तित्व विकासको लागि समाहित बनेका छन् ।

समापन कार्यक्रममा सप्ताह कार्यक्रम मुल संयोजक सुष्मा पौडेल, कार्यक्रमगत संयोजकहरु नीशा शाक्य, संगीता गिरी, झुमा भट्टराई, अर्चना राउत, दीपा शिवाकोटी, मेनुका ओली र संगीता चिमरियालाई अध्यक्ष आचार्यले मायाँको चिनोद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा जेसीज संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष कञ्चना सिटौला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सुरुंगा जेसीज अध्यक्ष उषा उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेसीज आश्था उपाध्यक्ष रोजिना पाण्डे, मिशन भिजन कार्यकारिणी उपाध्यक्ष युनिता दवाडी, कानुनी सल्लाहकार संगीता चिमरियाले स्वागत गरेकी थिईन् भने संचालन महासचिव हिमा पौडेलले गरेकी थिईन् ।

समापन समारोहमा वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरु नैनकला भट्टराई, उर्मिला खेरल, सरु खनाल लगायतको आथित्यता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर