Aamsanchar

अलमुताइरी नेपाल आइपुगे

Author Image
आइतवार, कार्तिक १४, २०७८

 

   

काठमाण्डाै – राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् ।

अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए । अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागी भएको थियो । पहिलो पटक साफमा फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर