Aamsanchar

कनकाईका ठेकेदार उप्रेती खोल्सीमा मृत फेला

Author Image
मङ्गलवार, कार्तिक १६, २०७८

फोटो सौजन्य : हरि राई

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ प्रजापतीमा खेतको खोल्सीमा एक व्यक्ति मृत अबस्थाम भेटिएका छन् ।
पेशाले निर्माण सम्बन्धी काम गर्दै आएका  सोही ठाउँका बर्ष ४८ का वेनुप्रसाद उप्रेती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । स्थानियको भनाई अनुसार उप्रेती हिजो बेलुका ३ बजे करेन्ट लगाएर माछामार्न भनेर घरबाट हिडेका थिए ।

घरबाट करिव ५ सय मिटर परको खोल्सामा घोप्टो परेको अवस्थाको उप्रतीको शव भेटिएको थियो । नजिकै बिजुलीको पोलमा लाईन तान्नकोलागि प्रयोग भएकोे अवस्थामा बाँस र तार पनि रहेको स्थानीय हरि राईले बताए ।

के कारणले उप्रेतीको मृत्यु भयो भन्ने बारेमा आधिकारिक पुष्टि भएको छैन । घटना स्थलमा इलाका प्रहरी कार्यालय सुरुंगाबाट प्रहरी पुगिसकेका छन् । घटनाको बारेमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर