Aamsanchar

राज्यमन्त्री तुम्बाहाम्फेबाट झापा नाटक घरको अनुगमन

Author Image
शुक्रवार, कार्तिक १९, २०७८

प्रदेश १ कि सामाजिक बिकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेबाट आज झापा नाटक घरको अनुगमन भएको छ।
आफु राज्य मन्त्री बने लगत्तै पहिलोपटक झापा नाटक घर आइपुगेकी राज्यमन्त्री तुम्बाहाम्फेले भाषा ,कला,साहित्य र संस्कृतिको संरक्षण आफ्नो पहिलो एजेन्डा भएकोले बहुजाती,बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यको पुर्णताका लागि आफ्नो मन्त्रालय मार्तफ आफुले सक्तो सहयोग पुर्याउने बचन दिएकी छन् ।

भाषा,कला साहित्य र संस्कृति संरक्षणमा क्याविनेटबाट समेत केही रकम छुट्टिएको हुँदा झापा नाटक घरको लागि आफुले उक्त रकम उपलब्ध गराउन विशेष भुमिका निर्बाह गर्ने समेत मन्त्री तुम्बाहाम्फेले प्रतिवद्धता बनाएकी छन् । ‘राज्यले आफै निर्माण गर्नु पर्ने साँस्कृतिक संग्रहालय सहितको नाटक घर क्षितिज नाट्य समुहको अगुवाइमा स्थानियको साथ र सहयोगमा निर्माण भएको देख्दा अत्यन्तै खुशी लागेको छ ।’ म र मैले नेतृत्व गरेको मन्त्रालयले यसको निर्माण कार्यको सम्पन्नतामा विशेष भुमिका निर्बाह गर्ने कुरामा ढुक्क हुन कलाकारहरुलाइ आश्वासन समेत दिएकी छन् ।

प्रदेश सरकारले क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता युवा रंगकर्मी माधब कल्पितलाई भाषा,कला साहित्य प्रतिभा सम्मान प्रदान गर्ने घोषणा गरे लगत्तै भएको राज्य मन्त्रीको भ्रमणले नाट्य समुहलाइ थप उर्जा मिलेको कुरा नाट्य समुहका केन्द्रीय सदस्य तथा नाट्य बिभाग प्रमुख गजेन्द्र पृथकले जनाएका छन् । समुहका केन्द्रीय अध्यक्ष माधब कल्पितले सञ्चालन गरेको कार्यक्रममा समुहका कार्यकारि अधिकृत राजकुमार भट्टराईले स्वागत गरेका थिए । यसै गरि युवाराजनीतिज्ञ्य तथा सामाजिक व्यक्तित्व धनबहादुर पन्धाक लगायतले शुभकामना मनतब्य रोखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर