Aamsanchar

भगवान शनिदेवको शनिवार, यी चिज खाँदा शनिदेव रिसाउँछन्

Author Image
शनिवार, कार्तिक २७, २०७८

शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसिउको तेल, कालो तिल आदी चढाइने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिवारदोष हटाउन शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । यसका साथै केही चिज पनि छन् जसलाई भुलेरपनि खान मिल्दैन ।

शनिवार यस्ता चिज खादा नकारातमक प्रभाव पर्न सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

शनिवार दुध  खान हुँदैन ।

किनकी दुधको सेतो रंग शुक्रवारको प्रतिक हो र शनि एवं शुक्र ग्रह एक अर्काका विरोधी हुन् । शनिवार दुधको सेवनले काम इच्छा जागृत हुन्छ ।

शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ ।

अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ । यो दिन तामसि भोजन खान बर्जित छ । जसमा मासु, माछा जस्ता मांसहारी भोजन गर्दा उनीहरुमा शनि ग्रहको नकारात्मक प्रभाव पर्छ । शनि एक क्रुर ग्रह हो र तामसिक भोजन ग्रहको प्रभावलाई भड्काउने काम गर्छ ।

तामसि भोजन जस्तै मदिराको सेवन पनि बर्जित छ ।

शनिवारको दिन मुसुरोको दालको प्रयोगलाई पनि नराम्रो मानिएको छ । किनकी मुसुरोको दाल रातो रंगको हुन्छ र रातो रंग मंगल ग्रहको प्रतिक हो । शनिवार यसको सेवनबाट मंगल तथा शनिदेवको आपसमा टकराव पर्न जान्छ जसकाकारण मानिसमा नकारात्मक उर्जा प्राप्त हुन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१