Aamsanchar

मिस नेपालमा प्रतिस्पर्धा गर्ने योजनामा बिर्तामोडकी रोजिका

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

झापा बिर्तामोडकी रोजिका सिटौला कन्चनजंघा अग्रेजी स्कुलकी कक्षा १० मा कम्पुटर साईन्समा अध्ययनरत छात्रा हुन् । १५ वर्षीया रोजिका यतिबेला मोडलिङमा पनि सक्रिय छिन् । पूर्वाञ्चल लिटल स्टार र लिटल मिस झापाकी बिजेता समेत रहेकी उनले कोरियोग्राफरको भुमिका निभाई सकेको उनकी आमा टिकादेवी मैनालीले जानकारी गराईन । पढाईमा अब्बल उनी हाल सौन्दर्य प्रतियोगिताहरूमा भाग नलिए पनि रोजिकाले बाह्र कक्षा पछि मिस नेपालमा प्रतिस्पर्धा गर्ने योजना बनाइसकेकी छिन् ।

हाल पाँच फिट दुई इन्च अग्ली रोजिका फुर्सदमा मेकअप गरेर बस्छिन् । भविष्यमा मोडल संगै एयर होस्टेस बन्ने लक्ष्य लिएकी उनलाई म्युजिक भिडियोमा पनि अभिनय गर्ने रुचि छ । ‘पढाइ पूरा भएपछि म्युजिक भिडियोमा अभिनय गर्ने बारेमा पनि सोच्ने छु’ रोजिकाका अनुसार पछिल्लो समय राम्रा म्युजिक भिडियो बन्न थालेकाले उनलाई पनि यसमा रुचि बढ्न थालेको हो ।

रोजिकालाई झापाका प्रायः सबै ठाउँ मनपर्छ । यद्यपि, परिवार सँग रमाईलो गर्नका लागि भने उनी सालबारी पुग्छिन् । ‘त्यहाँ पुग्दा कुनै शान्त क्षेत्रमा पुगे झैं लाग्छ, उनी दुई हप्ताको अन्तरमा त्यहाँ पुगेकै हुन्छिन् । कहिले साथीहरूसँग जान्छिन् त कहिले आमासँगै गएर रमाउँछिन् ।

नव मोडल : रोजिका सिटौला
फोटो : चन्द्रमणि घिमिरे
लोकेसन : सालबारी
पहिरन : ईरा मेकअप स्टुडियो
मेकअप : धागो द बुटिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 797

प्रतिक्रिया (०)

सम्बन्धित खबर