Aamsanchar

२७ औं वर्षमा पूर्वाञ्चल

Author Image
बुधवार, मंसिर १, २०७८

 

विर्तामोड । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २६ बर्ष पूरा गरी २७ बर्षमा प्रवेश गरेको हो ।
मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।
२७ वर्ष प्रवेशसँगै पत्रिकाले विभिन्न जातिको भाषा लिपिको संरक्षण र विकासमा टेवा पु¥याउन विभिन्न भाषामा सामग्री प्रकाशन गरिरहेको छ । प्रदेश–१ मै पहिलोपटक पूर्वाञ्चल दैनिकले गत वर्षबाट किरात सिरीजङ्गा लिपिको सामग्री पाक्षिक रुपमा प्रकाशन गर्दै आएको छ । प्रदेश–१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।

कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहँदा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको प्रधानसम्पादक एकराज गिरीले बताए ।
श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चललाई मोफसलमा पहिलोपटक कर्पाेरेट हाउसको रुपमा बिकास गरेर लाने प्रधान सम्पादक गिरीको भनाइ छ ।
यता पत्रिकको बजारलाई अझ बिस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताए । परिवर्तित समयलाई मध्यनजर गर्दै छिटो र प्रभावकारी ढङ्गबाट हरेक क्षेत्रका समाचार तथा जानकारीलाई श्रव्य–दृश्य मार्फत अगाडि बढाउने योजना अनुसार आगामी दिनमा अनलाइनमा श्रव्य–दृश्य सहितको समाचार बुलेटिनको तयारी भइरहेको अनलाइन समाचार संयोजक नरेन्द्र ढकालले बताए । पूर्वमै विश्वासनीय सञ्चारमाध्यमा रुपमा अगाडि बढिरहेको पूर्वाञ्चल दैनिक पाठकमाझ लोकप्रिय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर