Aamsanchar

सर्वोच्च अगाडि फेरि घम्साघम्सी , प्रहरीको कुटाइबाट अधिवक्ता घाइते

Author Image
शनिवार, मंसिर ४, २०७८

काठमाडौं ।  सर्वोच्च अदालत परिसरमा आन्दोलन गरिरहेका कानुन व्यवसायीहरू र प्रहरीबीच आज धकेलाधकेल परेको छ । यस क्रममा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन् ।नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रहरीले लक्ष्मीमाथि अन्धाधुन्ध बुट प्रहार गरेको थियो । केही बेरको धकेलाधकेलपछि सर्वोच्च गेटमा कानुन व्यवसायीहरूले धर्ना दिएका थिए ।

यसअघि हिजो सर्वोच्च परिसरमा प्रहरीले लाठी चार्ज गरी एक दर्जन कानुन व्यवसायीलाई घाइते पारेको थियो । बारका वकिलमाथि २५ कात्तिकमा पनि प्रहरीले दमन गरेको थियो । त्यास दिन बारले सर्वोच्च परिसरमा गरिरहेको कार्यक्रममा प्रहरीले धरपकड गर्दा नेपाल बारका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्यालसहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर