Aamsanchar

धुवाँ–धुलोले आक्रान्त भएको भन्दै पुष्पलाल मार्गका नागरिकद्वारा सडक अवरोध

Author Image
शनिवार, मंसिर ४, २०७८

धाइजन । स्वास्थ्य हानिकारक धुवाँ–धुलोका कारण प्रत्यक्ष प्रभाव परेको भन्दै स्थानीयले पुष्पलाल मार्ग अवरोध गरेका छ्न् ।

झापाको मेचीनगर–१४ स्थित प्रगति टोलको उक्त मार्गमा दैनिक उधोगिका सवारी, ठेकेदारका ट्रिपरलगायतका सवारी चल्दा निस्कने धुवाँ–धुलोले आक्रन्त बनेका स्थानीयले स्वतस्फूर्त अबरोध गरेका हुन् । स्थानीयले स्थानीयबासीको राय र हस्ताक्षरसहित वडा, नगरपालिको कार्यालय र प्रहरी चौकि चारआलिलाई पत्राचार गरेको टोलका सचीव डिल्लीराम उप्रेतीले जानकारी दिए ।

मेचीनगरपालिकाले हडिया खोलाको गिटि(बालुवा उत्खनन गर्न बर्षेनि करोडौंको ठेक्का लगाउदै आएपनि स्थानीय धुवाँ-धुलोको मार खेपिरहेका छ्न् । पटकपटक समस्याबारे वडा कार्यालय -१४ र मेचीनगर पालिकामा पत्राचार गरेको पनि हालसम्म कुनै सुनवाई नभएको टोल बिकास समितिका अध्यक्ष जीवन प्रसाईंले गुनासो पोखे । मेची ग्यास उधोगबाट निस्कने प्रज्वलनशिल प्रदार्थ ‘मेथुन ग्यास’ बस्तीमा फैलिदा बर्षौदेखि स्थानीयले स्वास्थ्यमा समस्या बेहोर्दै आएका छ्न् । स्थानीयले प्रगति टोल बिकास समितिमार्फत वडा कार्यालयमा ध्यानाकर्षण गराएपनि त्यसको निकासका लागि वडा न १४ का वडाध्यक्ष शंकर पोखरेलले कुनै सुनुवाइ नगरेको स्थानीयको गुनासो छ । अध्यक्ष शंकर पोखरेलले अत्यन्तै सवारी आगमनका कारण ब्यस्त रहेको पुष्पलाल मार्गको प्रगति टोल र पाथीभरा टोलबाट सुरु गर्नुपर्ने बाटोको काम तल्लो खोलापारिको टोलबाट सुरु गरेकोप्रती सर्बसाधारणले आपती जनाएका छ्न् ।

मेची ग्यास , प्लाई उद्योग, अधुवा प्रशोधन लगायतका उद्योगबाट निस्किने दुर्गन्ध र बाटोको धूलोको कारण स्वास्थ्यमा असर परि रुघा खोकी निमोनिया लगायत श्वासप्रश्वास सम्बन्धी समस्या बढेको गुनासो स्थानीयको छ। स्थानीयले चाडो भन्दा चाडो पुष्पलाल मार्गको स्तरोन्नति गर्न नगरपालिकामा डेलिकेशन जानेसमेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर