Aamsanchar

नाटक घर निर्माण अभियानमा पवित्रा र विमला पनि लाग्ने

Author Image
आइतवार, मंसिर ५, २०७८


बिर्तामोड । ‘क्षितिज नाट्य समुहलाई नाट्य प्रतिष्टानका रुपमा परिणत गर्दै आफ्नो जीवन साथी स्व. ज्ञानुराम प्रसाईले सुरु गरेको यो अभियानलाई सफल बनाउन आफु सदैव लागि पर्ने र प्रदेश १ कै ऐतिहासिक धरोहरका रुपमा परिचित संग्रहालय सहितको कला मन्दिर निर्माणमा सबैको साथ सहयोग र ऐकिबद्वताको खाँचो रहेको’ बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् । शनिबार बिर्तामोड स्थित क्षितिज नाट्यको निर्माणाधिन भवनमा आयोजित एक परिचयात्मक तथा साँगितक कार्यक्रकाबिच प्रसाईले यस्तो धारणा राखेकी हुन् ।

‘आफु पनि स्टेजमा हुर्कीएर स्टेजबाटै यो स्थान सम्म आइपुगेको हुँदा झापा नाटक घर निर्माण कार्यको पूर्णताका लागि आफु सदैव लागि रहने’ संघिय सांसद बिमला बिश्वकर्माले बचन दिएकी छन् । उनले भनिन ‘क्षितिज नाट्य समूह र यसका अभियन्ता माधब कल्पितको अथक प्रयास र प्रयत्नको उच्च सम्मान गर्दै प्रदेश सरकारबाट अभियन्ता तथा नाट्य समुहका केन्द्रीय अध्यक्ष माधब कल्पितलाई सम्मान गर्न लागिएको छ ।’

कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठान, सरगम संगीतालय, पाथिभरा साधना कला केन्द्रका कलाकारहरले संयुक्त रुपमा स्वागतगान प्रस्तुत गरेका थिए भने राष्ट्रिय कलाकार तुलसी पराजुली, सामना सिटौला ,हेरि आर्डि दहालको पनि प्रस्तुति रहेको थियो ।

समुहका कलाकार हिमा प्रसाइको नृत्य र गंगाराम प्रसाइको क्यारिकेचर प्रस्तुति रहेको कार्यक्रममा पुर्वेली नौमतिबाजा ब्यबस्थापन समिति चारपानेको प्रस्तुतिले उपस्थित सबै अतिथिहरुलाई नाच्न थप उत्साह भरेको थियो । कार्यक्रमा नेपाल बिश्व हिन्दु महासंघका अभियन्ता ध्रुबप्रसाद शिवाकोटी ,राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली ,बिर्तामोड उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राजु न्यौपाने, डम्बरबहादुर बस्नेत, साहित्य चौतारी झापाका संरक्षक देबी भक्त श्रेष्ठ लगायत दर्जनौ सामाजिक तथा साहित्यक क्षेत्रका लब्ध प्रतिष्ठितहरुकोे उपस्थिती रहेको नाट्य समुहका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए ।

पवित्रा महतरा प्रसाईंको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्य रहेको थियो । कार्यक्रमको संचालन माधव कल्पितले गरेका थिए । कार्यक्रममा दाताहरुले भूमी र ईटा वापतको रकमहरु पनि उपलब्ध गराएका थिए । प्रमुख अतिथि उप्रेतीले पनि एक धुर जग्गा बापतको १ लाख १ हजार रुपियाँ नाटक घर निर्माण समितिलाई हस्तान्तरण गरेको नाटक घर निर्माण समितिका माधव सिटौलाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर