Aamsanchar

तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीको छापा, आमाछोरा नै ब्राउनसुगर कारोबारी

Author Image
आइतवार, मंसिर ५, २०७८

दाङ : दाङको  तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेको छ ।  तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

प्रहरीले सुशीला सहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीको दाबी  छ । प्रहरीका अनुसार सुशीलाका श्रीमान् बसन्त श्रेष्ठ पेशेवर लागूऔषध कारोबारी हुन् ।

 श्रेष्ठले ब्राउनसुगर भारतबाट ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।  त्यसपछि श्रीमती र छोराले बेचबिखन गर्ने गरेको  डीएसपी अर्यालले बताए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर