Aamsanchar

प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

Author Image
सोमवार, मंसिर ६, २०७८

 

   

काठमाण्डाै – आज प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश-१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार देशका अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहनेछ  । यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने मौसमविद् श्रेष्ठले जानकारी दिनु भयो ।

राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली भइ हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपातका कारण चिसो अझै बढ्ने भएकाले उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर