Aamsanchar

‘ए’ डिभिजन लिग फुटबल :आर्मी र पुलिसले बराबरी खेले

Author Image
सोमवार, मंसिर ६, २०७८

 

   

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् । 

दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो । 

बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ । 

यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । 

यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर