Aamsanchar

नेपालद्वारा कुवेत नाै विकेटले पराजित

Author Image
बिहिवार, मंसिर ९, २०७८

 

     

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले कुवेतलाई नाै विकेटले हराएको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले तीन ओभर तीन बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।

नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । सीता राना मगरले भने खाता खोल्न सकिनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन बनाएको थियो । कुवेतका लागि प्रियादा मुरालीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालकी संगीता राईले तीन, करुणा भण्डारी र रुबिना क्षेत्रीले दुई/दुई र सरस्वती कुमारीले एक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । ६ देश सहभागी एसिया छनाेटको शीर्ष स्थानमा रहने देशले सन् २०२३ मा दक्षिण अफ्रिका हुने टी–२० विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर