Aamsanchar

बिर्तामोडमा खुल्यो आफै पकाएर खान पाउने पेइङ गेष्ट हाउस

Author Image
बिहिवार, मंसिर ९, २०७८

बिर्तामोड । झापाको विर्तामोड भाइब्स् पेइङ गेष्ट हाउस संचलनमा ल्याईएको छ ।
बिर्तामोड–५, हर्कलाल मार्गमा आजबाट औपचारिक रुपमा संचालनमा ल्याईको पेइङ गेष्ट हाउसको बिर्तामोड–५ का वडाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र लिङदेनको बाहुलीबाट उद्घाटन गरिएको हो ।
विरामी र कुरुवा र समूहगत धेरै दिन सम्म बिर्तामोडमा बस्नु पर्नेहरुलाई लक्षित गरेर पूर्वमै पहिलो पटक पेइङ गेष्ट हाउस संचलनमा ल्याइएको संचालक ओमबिक्रम नेम्वाङले बताए ।
बिर्तामोडमा होटल गेष्टहाउस प्रसस्तै भएपनि आर्थिक रुपमा कमजोर विरामी र उनिहरुका आफन्तलाई खान र बस्को लागि समस्या भएको पाएकाले सेवा भावले पेइङ गेष्ट हाउस संचालन गरेको नेम्वाङले जानकारी दिए ।

दुई करोडको लगानीमा सुरु भएको गेष्ट हाउसमा ३ वटा पाककोठा (किचन) १६ वटा सयन कक्ष रहेको छ । प्रति व्यक्ति ५ सय रुपैया तिरेपछि एकै परिवारका ५ जना सम्म सुत्न सक्ने कोठा बनाईएको छ । बढी सुविधा उपभोग गर्न चाहानेहरुका लागि भने ३ हजार सम्म पर्ने एसी जडित कोठाहरु तयार पारिएको छ । अन्य सुविधाहरुमा लन्ड्री, वाईफाई,गाडी पार्किङ, सहाकारी र मासंहारी खाना, आफै पकाएर खानेहरुका लागि ग्यास, भाडाँकुडा लगायतका सामाग्रीहरु पेइङ गेष्ट हाउसले उपलब्ध गराउने बताईएको छ ।

विर्तामोड मेडिकल हव बन्दै गएपछि झापा बाहिरबाट आउने स्वास्थ्य सेवाग्राहीहरु चर्को मुल्य चुकाएर अस्पतलकै वेड वा अन्य गेष्ट हाउसमा बस्नु पर्ने बाध्यतामा रहेका छन् । भाइब्स् पेइङ गेष्टले अब आर्थिक अभाव भएका सर्वसाधारणलाई सेवा दिने भए पछि आफ्नो वडामा यस्तो सेवामुखी व्यवसाय संचालनमा आएकोमा खुसी लागेको बताउदै आफू पनि यसको प्रचारमा लाग्ने प्रमुख अतिथि लिङदेनले प्रतिवद्धता जनाएका छन् । उदघाटन कार्यक्रम दुर्गा नेम्वाङको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 623

प्रतिक्रिया (०)

सम्बन्धित खबर