Aamsanchar

अभिनेत्री करिश्मा कक्षा १२ उत्तीर्ण

Author Image
शुक्रवार, मंसिर १७, २०७८

    काठमाडौं: पढ्नलाई कुनै उमेरको हदबन्दी हुँदैन भनेर अभिनेत्री करिश्मा मानन्धरले सावित गरिदिएकी छन्। आज प्रकाशन भएको १२ कक्षाको परीक्षमा उनी उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो।      काठमाडौंको गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी उनले २.४१ जीपीए ल्याएकी छन्। नतिजाबाट आफू खुसी रहेको उनले बताएकी छन्। कोरोना महामारीका कारण कलेजहरु सञ्चालन हुन सकेका थिएनन्। अनलाइन क्लास गरेरै उनले २.४१ जीपीए ल्याउन सफल भएकी हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर