Aamsanchar

चारपानेको परिवर्तन सामूदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः सिटौला

Author Image
शनिवार, मंसिर १८, २०७८

चारपाने । झापाको बिर्तामोड–२, चारपानेमा रहेको परिवर्तन सामूदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः डिल्लीराम सिटौला चयन भएका छन् ।

शनिबार चारपाने सामुदायिक भवनमा आयोजित केन्द्रको आठौं साधारण सभा तथा चौथौ अधिवेशनबाट सिटौला अगामी दुई बर्षे कार्यकलाको लाागि अध्यक्ष बनेका हुन् ।
त्यस्तै संस्थाको विधान अनुसार १३ सदस्य कार्यसमिति रहने प्रावधान अनुसार सचिवमा रञ्जना पराजुली, कोषाध्क्षमा राजु गिरी र सदस्यहरुमा लिलानाथ खत्री, गोमादेवी लिम्बु, जगन्ननाथ अधिकारी, मिना दाहाल पोखरेल, नवराज सिटौला, उमानाथा प्याकुरेल, वृहस्पती निरौला, पदेन सदस्य नगेन्द्रप्रसाद संग्रौला, सदस्य, शिक्षा संयोजक केशरबहादुर खवास चयन भएका छन् ।

शिक्षा र सामाजिक क्षेत्रमा नाफारहित काम गर्ने उदेश्यले २०६९ सालमा शिक्षा कार्यालयमा दर्ता भएर क्रियाशिल बन्दै आएको विकास केन्द्रले शिक्षाको लागि अभियान कार्यक्रम अन्तरगत शिक्षाको पहुँच भन्दा बारिह रहेका स्थानियस्तरका १४ बर्ष मुनिका बालबालिकालाई स्कुल जाने वातावरण सृजना, सामाजिक क्षेत्र र महिला समूह गठन गरेर कृषिमा आत्मनिर्भर बनाउन सहजीकरण गर्दै आएको छ । हाल ८ वटा महिला समूह गठन गरिसकेको अध्यक्ष सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षतामा आयोजित साधारण सभामा बिर्तामोड नगरपालिका न्यायिक समिति सदस्य उपेन्द्र पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अतिथिहरुमा दिनानाथ सिग्देल, प्रेमप्रकाश सिटौला, घनश्याम दाहाल लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा अतिथि रामप्रसाद सिटौले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत लिलानाथ खत्री र संचालन राजु गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर