Aamsanchar

तेस्रो साउदी अरब गोल्ड कपको पहिलो खेल चर्च बोईजले जित्यो

Author Image
शनिवार, मंसिर १८, २०७८

चारपाने । झापाको बिर्तामोड–२ बेलडाँगीमा आजबाट सुरु भएको तेस्रो साउदी अरब गोल्ड कप प्रतियोगितामा चर्च बोईज काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा रेड हर्स इलामलाई ० को विरुद्ध १ गोल गरेर चर्च बोईज विजयी भएको हो ।

खेलको दोस्रो आफको अन्त्यतिर चर्च बोईजका जर्सी नं. १५ का सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बनेको थियो । खेलमा मेनअफदम्याजको उपाधी चर्च बोईज जर्सी नंं. ४ का विकाश गुरुङले पाए । गुरुङलाई बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले ३० हजारको चेक हस्तान्तरण गरेका थिए ।

नौ तर्फी खेल निक्कै कडा प्रतिष्पर्दाकाथ भएको थियो । खेलको पहिलो आफमा सुस्त सुस्त रहेको खेल दोस्रो आफमा भने खेलालीको सक्रियता संघर्षको उत्कर्षमा पुगेको थियो । खेलको इन्जुरी समयमा रेड हर्सका जर्सी नं. १० का विक्रम राईले एल्लोकार्ड पाएका थिए ।

भोलीको खेल जलथल एफसी हल्दिबारी र दुधौली स्पोर्टस क्लव सिन्धुली बिच हुने आयोजकले जानकारी दिएको छ ।

जयबहादुर राईको अध्यक्षतामा आयोजना भएको फुटवल खेलको बिर्तामोड नगरपालिका प्रमुख धुब्रकुमार शिवाकोटीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, विशिष्ठ अतिथि वडाध्यक्ष संग्रौला र नगर खेलकूद विकास समितिका संयोजक टिका संग्रौले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत एकता स्पोटिङ क्लवका अध्यक्ष एवं आयोजक समितिका किरण पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन नरेन्द्रकुमार फागोले गरेका थिए ।

फाईनल खेलमा विजयी हुने टिमले १ लाख ११ सय ११ रुपिया प्राप्त गर्ने छ, उपविजेताले ५१ हजार १ सय ११ रुपिया प्राप्त गर्नेछन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)