Aamsanchar

वीरता लेडी जेसीजले गर्ने वक्तृत्वकला प्रतियोगितामा १ सय ३४ जनाबाट १५ जना छानिए

Author Image
शनिवार, मंसिर १८, २०७८

बिर्तामोड । वीरता लेडी जेसीजको आयोजनामा संचालन हुने झापा जिल्ला स्तरीय महिला वक्तृत्वकला प्रतियोगिताका लागि १५ जना प्रतियोगीहरु छनौट भएका छन् ।

अनलाईन मार्फत झापा भरिका माध्यमिक र स्नातक तहमा अध्ययनरत १,सय ३४ जना छात्रा हरुले प्रतियोगी छनौट कार्यक्रममा भाग लिएका थिए। छनौट कार्यक्रममा सहभागी मध्ययेबाट प्रतिभाशाली १५ जनालाई छनौट गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले आमसंचारलाई बताईन् ।

छनोट हुने हरुमा सूर्योदय स्कूल दमक की सेलिया श्रेष्ठ, न्युटन स्कूल विर्तामोड बाट बिविसा बुढाथोकी र सिम्रिका बोहोरा, मेची क्यामपस भद्रपुरकी श्रेया ढकाल,निदी स्कूल विर्तामोडकी स्मृति सुनुवार, झापा मेरिगोल्ड स्कूल सुरुङ्गाकी प्रिन्सा तिम्सिना, हिमाली नमुना स्कूल भद्रपुर बाट निर्जला कट्टेल , कचनकवल विधा मन्दिर की खन्जन राजवंशी, लक्ष्मी मा वि अर्जुनधारा बाट अनु अधिकारी र सन्ध्या पोखरेल, कञ्चनजंघा स्कूल विर्तामोड की आयुषा श्रेष्ठ, वीर अमरसिंह मा वि की समीक्षा सिटौला, देवी मा वि की कृति खतिवडा, वाल्मिकी स्कूल बाट रोशनी बास्कोटा र मेचीनगर को इस्ट होराइजन स्कूल की साक्षी ओझा फाइनलमा छनौट भएका हुन्।

झापाका बिर्तामोड, भद्रपुर, अर्जुनधारा, कन्काई, कचनकवल, मेचीनगर, बुद्धशान्ति, दमक, गौरादह, गौरिगन्ज, शिवसताक्षी लगायत स्थानिय तहका करिब ५० वटा स्कूल र कलेजको प्रतिनिधित्व गर्दै छात्राहरुले सहभागिता जनाएका थिए ।

झापाको चारपाने स्थित साहारा नेपाल (साकोस) को मुख्य प्रायोजन रहेको कार्यक्रमको विजेता प्रथमले नगद २१ हजार ,दोस्रोले ११ हजार र तेस्रो हुनेले ५ हजार १ सय मेडल र ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल यही मंसिर २३ गते झापाको बिर्तामोडमा हुने अध्यक्ष आचार्यले बताइन् ।

प्रविधिको सदुपयोग गर्दै जुम अनलाइन मार्फत गरिएको प्रथम छनौट चरणमा निर्णायकको भूमिकामा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्षद्धय रिता न्यौपाने ,भेषजा काफ्ले र ,सूर्योदय टेलिभिजनका कार्यक्रम निर्देशक देवी गौतम रहेका थिए।

कार्यक्रममा स्वागत कार्यक्रम संयोजक संगीता गिरीले गरेकी थिईन भने सञ्चालन महासचिव हिमा पौडेल र संयोजक सेलिसा उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर